
काठमाडौँ, २६ भदौ । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो ९५औं शाखा ललितपूर जिल्लाको खोकनामा संचालनमा ल्याएको छ । भदौ २६ गते ललितपूरको खोकनामा शाखा उद्घाटन गरी बैंकले औपचारिक कारोबार शुभारम्भ गरेको छ ।
नयाँ शाखाको औपचारिक समुद्घाटन सांसद पम्फा भुसालले गर्नुभएको थिइन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा जानकारी दिनुभएको थियो ।
बैँकले आसपासका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको हो ।
साथै यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।
खोकना शाखा बिस्तारसगै बैंकले ९५ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ७९ वटा ATM बाट बैंकिङ्ग सेवा दिने बताइएको छ ।















प्रतिक्रिया