बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

बालुवाटार जग्गा प्रकरण छानविन समितिको म्याद थप

दैनिक नेपाल २०७६ भदौ २६ गते १७:५२

काठमाडौँ, २६ भदौ । सरकारले बालुवाटार जग्गा प्रकरणको छानविन गर्न बनाएको समितिको म्याद थप गरेको छ ।

सरकारी, सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरेका जग्गाको छानबिन गर्न गठन गरेको समितिको म्याद सरकारले दुई महिना थप गरेको हो ।

जग्गा हिनामिनासम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको छानबिन समितिको म्याद असोज २८ सम्म थप गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।

सरकारले २०७५ फागुन २८ को निर्णयबमोजिम समिति गठन गरेको थियो ।

बालुवाटारको ललिता निवासको जग्गा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि बयान लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित