
काठमाडौँ, २६ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानमा अब अतिविशिष्ट ६ जनाले मात्र जहाजसम्मै आफ्नो सवारी लैजान पाउने भएका छन् ।
केहि दिनपहिले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनन्त्री योगेश भट्टराईले गरेको निर्णय बिहीबारदेखि कार्यान्वयनमा आएको हो । त्रिभुवन अन्तर्राट्रिय विमानस्थलले एक सूचना जारी गर्दै यो योजना बिहीबारदेखि कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ ।
भदौ ९ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गते सार्वजनिक गरेको १ सय ४१ बुँदे कार्ययोजनामा उल्लेख भएको यो व्यवस्था लागू भएको हो।
मन्त्रायलको जिम्मेवारी सम्हालेपछि मन्त्री भट्टराईले १ वर्षे कार्यायोजनामा भिभिआइपी ‘बिग सिक्स’लाई मात्र आन्तरिक उडानमा जहाज नजिकै आफ्नो सवारी लैजान पाउने सुविधा दिने बताएका थिए ।
अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षले मात्र आफ्नो सवारीसाधन आन्तरिक उडानको जहाज नजिकै लैजान पाउने छन् ।
साथै, सम्माननीयसरह मर्यादा पाएका विदेशी समकक्षीलाई पनि उक्त सुविधा दिइने छ । अतिविशिष्ट बाहेकका व्यक्तिहरुले भने अब वायुसेवा कम्पनीले उपलब्ध गराउने सवारीसाधन नै चढेर जहाजसम्म पुग्नु पर्नेछ ।
यस हिसाबले अब कुनैपनि मन्त्रीले जहाजसम्म आफ्ना सवारी लिन पाउने छैनन् । उनीहरु सबै सामान्य यात्रुले सरह कम्पनीले उपलब्ध गराएको सवारीसधान चढेर जहाजसम्म पुग्नेछन् ।











प्रतिक्रिया