१२ मंसिर २०८३, शनिबार

विप्लव कार्यकर्ताको गोलीबाट मारिएका प्रहरीलाई सहिद घोषणा, परिवारलाई १० लाख

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ भदौ । भोजपुरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तासँगको भिडन्तका क्रममा मारिएका प्रहरी जवानलाई सहिद घोषणा गरिएको छ ।

बिहीबार सूचना तथा सञ्‍चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सरकारका निर्णय सार्वजनिक गर्दै प्रहरी जवान सञ्जिव राई सरकारले सहिद घोषणा गरेको जानकारी दिए ।

राईका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय सरकारले गरेको समेत मन्त्री बाँस्कोटाले बताए ।

भोजपुरमा गत असार २५ गते बुधबार भएको भिडन्तमा परी एक विप्लव कार्यकर्ता निरकुमार राई  पनि मारिएका थिए । उनी विप्लवका जिल्ला इन्चार्ज हुन् ।

उनलाई विप्लव समूहले यसअघि नै सहिद घोषणा  गरिसकेको छ ।