१२ मंसिर २०८३, शनिबार

डेंगु नियन्त्रणबाहिर गएको छैन तर, दुःख दिएको छ : सञ्चारमन्त्री बाँस्कोटा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ भदौ । सरकार प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले डेंगु नियन्त्रणबाहिर नगएको दाबी गरेका छन् ।

विहीबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले यस्तो दाबी गरेका हुन् ।

उनले डेंगु नियन्त्रणबाहिर नगएपनि दुःख भने दिइरहेको स्वीकार गरे । डेंगुका कारण देशका धेरै जिल्ला र नागरिक प्रभावित भएको भन्दै उनले सरकारले नियन्त्रणका लागि उचित कदम चाल्ने आश्वासन दिए ।

यसमा विषयमा सम्बन्धित मन्त्री वा मन्त्रालयका प्रवक्तासँग जानकारी लिन मन्त्री बाँस्कोटाले आग्रह गरे ।