बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

डेंगुको विषयमा सदनलाई जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

दैनिक नेपाल २०७६ भदौ २६ गते १४:३०

काठमाडौँ, २६ भदौ । सभामुख कृष्णबहादुर महराले डेंगु रोगको महामारीका विषयमा जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुख महराले डेंगु रोगका विषयमा संसदमा पटक पटक आवाज उठेको भन्दै यस विषयमा संसदलाई जानकारी गराउन स्वास्थ्मन्त्री र सरकारलाई निर्देशन दिएका हुन् ।

‘यस सम्बन्धमा सरकार र स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण गराउँछु’, उनले भने, ‘ सदनलाई यथासिघ्र जानकारी गराउन निर्देशन दिन्छु ।’

केही दिनदेखि सांसदहरुले संसदमा निरन्तर रुपमा डेंगु रोगका विषयमा प्रश्न उठाइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित