बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

प्रभु बैंक लिमिटेड र युके एडको सक्षमबीच सहमति

दैनिक नेपाल २०७६ भदौ २६ गते ९:४९

काठमाडौं, २६ भदौ । प्रभु बैंक लिमिटेडले युके एडको सक्षम, वित्तीय पहुँचसंग परियोजना संचालन गर्नको लागि सम्झौता गरेको छ ।

यो परियोजना सक्षमको च्यालेन्ज फण्ड अन्र्तगत संचालन गर्न लागिएको हो । काठमाडौंमा एक कार्यक्रममा दुवै संस्थाका व्यवस्थापन तहका उच्च पदाधिकारीहरु र पत्रकारहरु माझ प्रभु बैंक लिमिटेडका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त परियोजनाको मुख्य उद्देश्य भनेको दक्षिण कोरिया र भारतमा रहेका आप्रवासी नेपालीहरु र भारतमा वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारहरुलाई विप्रेषणको सदुपयोग गरी सम्पत्तिको बृद्धि र संरक्षण गर्नको लागि वित्तीय पहुँच पु-याउनु रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित