म्याग्दी, २६ भदाै । म्याग्दीको बेनी नगरपालिका ५ बगुवाखोलामा राखिएका ३ ओटा स्काभेटरमा अज्ञात समूहले बुधवार राति आगो लगाइदिएको छ ।
निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीको बिएन कन्टक्सनका तीनओटा जेसिभिमा अज्ञात समूहले आगो लगाइदिएको हो ।
बेनी तथा जिल्लाका विभिन्न योजनाहरुमा काम गर्ने गरी तयारी अवस्थामा राखिएका स्काभेटरमा बुधबार राति आगो लगाइदिएको बिएन कन्टक्सनका संचालक नारायण जिसीले जानकारी दिए ।
उनले निष्पक्ष छानविनको माग समेत गरेका छन् । आगलागीबाट तीनओटै जेसिभी जलेर नष्ट भएका छन् । घटनास्थलमा प्रहरीको टोली पुगेको छ ।
पटक पटक अज्ञात समूहले धम्की दिने गरेको भएपनि आगलागी कसले गरेको हो भन्ने खुलेको छैन् । विगतमा समेत जिसीका विभिन्न निर्माण उपकरणमा आक्रमण हुने गरेको थियो ।












प्रतिक्रिया