बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

रगत अभाव भएपछि साटासाट

दैनिक नेपाल २०७६ भदौ २६ गते ८:०६

राजविराज, २६ भदाै । गर्मीसँगै विभिन्न रोगको संक्रमणले पीडित भई बिरामीको संख्या बढ्दै गएको बेला यहाँ रगतो अभाव देखिएको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।

स्थानीय गजेन्द्र नरायाण सिंह अस्पताल हाताभित्र नेपाल रेडक्रस सोसाइटी शाखाद्वारा संचालित रक्तसंचार सेवा केन्द्रमा अहिले रगतको अभाव भएपछि साटा साट प्रणाली लागु गरिएको हो ।

रगत अभाव रोक्न साटा साटको बाध्यता रहेको केन्द्रले जनाएको छ । केन्द्र इन्चार्ज नवीनकुमार झाले रक्तदाताहरु अहिले कम हुँदै गएको बताए ।

‘रगत लिन आउने बिरामीका आफन्तको रगत लिएर सोही परिमाणमा बिरामीलाई चाहिने ग्रुपको रगत उपलब्ध गराउने व्यवस्था मिलाएका छौं,’ उनले भने ।

विभिन्न संघसंस्थाले आफ्नो वार्षिकोत्सव तथा विशेष अवसरमा मात्र रक्तदान गर्ने तर, बाह्ै महिना रगतको माग हुने गरेका कारण समस्या हुने गरेको बताउँदै उनले रगत अभाव पूर्ती गर्न रक्तदान कार्यक्रमलाई प्रोत्साहन गर्न सबैसँग आग्रह समेत गरेका छन् ।

दैनिक ५÷६ युनिट रगतको माग छ, तर सो परिमाणमा रगत संकलन हुन नसक्दा समस्या हुने गरेको इन्चार्ज झाले सुनाए ।

बिरामीको चाप बढ्दै गएपछि रगतको अभाव हुँदा अस्पताल भर्ना भएका कतिपय बिरामीको आफन्त रगत खोज्दै विभिन्न संघसंस्था र व्यक्तिदेखी प्रहरी र सेनासम्म पुग्ने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित