६ कार्तिक २०८३, शुक्रबार

सम्बन्ध बिच्छेदका घटना बढ्दो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, २६ भदाै । बिभिन्न कारणले नेपाली समाज बिखण्डन उन्मुख हुर्दै गएको छ ।

पछिल्लो समय बैदेशिक रोजगारी र सामाजिक सञ्जालको कारण परिवार तथा समाज बिखण्डन हुदै गएको हो । त्यसको ज्वालन उदाहरण जिल्ला अदालत उदयपुरमा दर्ता भएको सम्बन्ध बिच्छेदको मुद्धाले पुष्टी गर्दछ ।

जिल्ला अदालत उदयपुरमा दर्ता भएको मुद्धाको तथ्याङ हेर्दा तिन वर्षमा ५३७ सम्बन्ध बिच्छेदको मुद्धा दर्ता भएको अदालतका श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए । राजधानी दैनिकले समाचार छापेकाे छ ।

जिल्ला अदातलमा आर्थिक वर्ष ०७३/०७४ मा ७२१ मुद्धा दर्ता भएकोमा १३६ वटा सम्बन्ध बिच्छेदको रहेको छ । त्यसैगरी आर्थिक वर्ष ०७४/०७५ मा ८३० मुद्धा दर्ता भएकोमा १५८ वटा सम्बन्ध बिच्छेदको मुद्धा रहेको अदालतका नारायण थापाले जानकारी दिए ।

त्यसैगरी आर्थिक वर्ष ०७५/०७६ मा ९४२ मुद्धा दर्ता भएकोमा २४३ वटा सम्बन्ध बिच्छेदको मुद्धा रहेको छ । चालु आर्थिक वर्ष ११५ वटा मुद्धा मध्ये ३० वटा सम्बन्ध बिच्छेदको रहेको जिल्ला अदालत उदयपुरले जनाएको छ ।

सम्बन्ध विच्छेदका घटना जिल्लामा बढ्दो छ । जिल्ला अदालतमा गत वर्ष दर्ता भएका मुद्दामध्ये २७ प्रतिशत बढी मुद्दा सम्बन्ध विच्छेदको छ । सम्बन्ध विच्छेदका यस्ता घटना सकेसम्म गाउँघरमै मिलाउने भएकाले यसको यकिन संख्या यो भन्दा अझ धेरै हुन सक्ने अनुमान गरिएको छ ।

जिल्लामा २० वर्षीय युवती देखि ३५ वर्षीय युवतीले सम्बन्ध बिच्छेद गरेको तथ्याङले देखाउँछ । बितेका तीन वर्षको तथ्याङ्क हेर्दा पनि जिल्लामा सम्बन्ध विच्छेदको घटना दिनानुदिन बृद्धि हुँदै गएको देखिन्छ ।

यसरी दर्ता भएका मुद्दामध्ये सबैजसो श्रीमानले मादक पदार्थ सेवन गरी कुटपिट गरेको, खान लाउन नदिने, माइती जाँदा समेत खोज खबर गरेका जस्ता आरोप सहितका मुद्दा पर्ने गरेको अदालतका श्रेस्तेदार रामकुमार आचार्यले जानकारी दिए ।