बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

प्रधानमन्त्री १८ घन्टा काम गर्नुहुन्छ : मन्त्री महासेठ

दैनिक नेपाल २०७६ भदौ २५ गते १९:५३

काठमाडौँ, २५ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीले १८ घन्टासम्म काम गर्ने भन्दै खुलेर प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको लय र गतिमा अन्य मन्त्रीले काम गर्न नसकेको धारणा पनि उनले राखेका छन् ।
बुधबार राजधानीमा पूर्वाधार सम्मेलनमा मन्तव्य राख्दै मन्त्री महासेठले यस्तो धारणा राखेका हुन् ।

सरकारले काम गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला उनले भने यसको बचाउ गरे ।’ हामी सरकारमा आएको २ वर्ष भएको छैन । भारत चीन होस् वा सिंगापुर ५ वर्षमा अहिलेको अवस्थामा पुगेको होइन,’ उनले भने ।

दोहोरो अंकको आर्थिक वृद्धि हुने गरी सरकारले काम गरिरहेको उनको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित