बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

विभिन्न हातहतियारसहित ४ जना पक्राउ

दैनिक नेपाल २०७६ भदौ २५ गते १८:०४


कास्की, २५ भदौ । माछापुच्छ्रे गाउँपालिका २ खम्राङ बस्ने ४८ वर्षीय बम बहादुर तामाङ लगायत ४ जनालाई विभिन्न हातहतियारसहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको घरमा राखेको ३ नाल भरुवा बन्दुक, केही मात्रामा बारुद र छर्रा, १३ थान लाईभ राउण्ड, सर्टगनको ३ थान लाइभ राउण्ड, प्रयोग गरिएको २७ थान सर्टगनको खोका रहेका छन् ।

त्यसैगरी, १ थान भरुवा बन्दुकको बट, करिब ५ केजी सतुवा र २ थान भरुवा बन्दुकको नाल बेसाबुत अवस्थामा फेला पारी उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित