मंगलबार, २६ कार्तिक २०७६
DainikNepal.com
मंगलबार, २६ कार्तिक २०७६

प्राविधिकतर्फ प्रहरीको डिएसपी र इन्स्पेक्टरको लिखित परीक्षाको नतिजा प्रकाशन

दैनिक नेपाल २०७६ भदौ २५ गते १७:४२


काठमाडौं, २५ भदौ । नेपाल प्रहरीको प्राविधिकतर्फ डिएसपी र इन्स्पेक्टरको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ । नेपाल प्रहरीमा रिक्त प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहतर्फका प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षक पदहरुमा भएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो ।

खुल्ला प्रतियोगिताद्धारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २०७५ फागुन १३ गते प्रकाशित विज्ञापनअनुरुप लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको हो ।

साथै उत्तीर्ण भएका उम्मेदवारहरुको २०७६ भदौ ३० गतेदेखि नेपाल प्रहरी अस्पताल महाराजगंजमा विशेष स्वास्थ्य परीक्षण परीक्षा संचालन हुनेछ ।

यससम्बन्धी विस्तृत जानकारी नेपाल प्रहरीको वेबसाईटमा समेत राखिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशासन विभाग,भर्ना छनौट महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित