१५ कार्तिक २०८३, आइतबार

लोकसेवा आयोग विधेयक २०७५ प्रस्तुत

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २५ भदौ । प्रतिनिधिसभामा लोकसेवा आयोग विधेयक २०७५ प्रस्तुत भएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो ।

यसअघि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत हुँदा सभाले अस्वीकार गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक बिहीबार अपराह्न १ बजे बस्नेछ । –रासस