
चितवन, १५ भदौ । महामारीको रुप लिँदै गरेको डेंगुको परीक्षण चिततवन मेडिकल कलेजले निःशुल्क गर्ने भएको छ । भरतपुर महानगर र चितवन प्रशासनको अनुरोधमा ध्यान राख्दै चितवन मेडिकल कलेजले भोलिदेखि निःशुल्क रुपमा डेंगु परिक्षण गर्ने भएको कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटा जानकारी गराए ।
कलेजको समाजिक उत्तरदायित्व अन्र्तगत विपन्न तथा गरिबका लागि भन्दै सरकारको डेंगु नियन्त्रण अभियानमा सहयोग पुराउन १ हजार जनाको निःशुल्क डेंगु परिक्षण गर्ने कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डा.हरिश्चन्द्र न्यौपानेले जानकारी दिए ।
हामीले मेडिकल सिटि चितवनमा विगतदेखि नै हाम्रो सामाजिक अभियान अन्र्तगत विविध कार्यक्रम गर्दै आएको छौँ उनले भने । अहिले देशैभर डेंगुको प्रकोप छ, यही अवस्थामा स्थानीय सरकारलाई समेत सहयोग पुराउने लक्ष्य यो अभियान थालेको हौँ ।
कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार भोली बिहीबार विहान ८ बजेदेखि एक औपचारिक कार्यक्रमबीच डेगु परीक्षण निशुल्क गर्ने जानकारी गराए ।












प्रतिक्रिया