मंगलबार, २६ कार्तिक २०७६
DainikNepal.com
मंगलबार, २६ कार्तिक २०७६

उपप्रधानमन्त्री पोखरेलले ‘राष्ट्रिय शिखर कृषक अवार्ड’ प्रदान गर्ने

दैनिक नेपाल २०७६ भदौ २५ गते १५:४१

काठमाडौँ, २५ भदाै । कृषिप्रधान देश नेपालमा पहिलो पटक कृषकहरुलाई प्रोत्साहनसगैँ उनीहरुको क्षमताको कदर गर्ने उद्देश्यसहित ‘राष्ट्रिय शिखर कृषक अवार्ड’–२०७६’ यहि भदौ २८ गते प्रदान गरिने भएको छ ।

“शिखर नेपालको राष्ट्रिय अभियान–कृषकहरुको सम्मान” भन्ने नारासहित आगामी भदौँ २८ गते एक भव्य समारोहबीच नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेरलले ७ प्रदेशका ७ जनालाई “राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६” बाट नगद पुरस्कारसहित अर्वाड प्रदान गर्नेछन् । कार्यक्रम दिउसोँ २ बजेबाट राष्ट्रिय सभागृहमा सुरु हुनेछ ।

कृषि तथा पशुपंछि विकास मन्त्रालयको समन्वयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पुशपंछी विभागको सकृयता विगत १ दशकदेखि समाजिक सेवा लोकप्रिय संस्था शिखर नेपालको आयोजना सो अर्वाड प्रदान सबैको तयारी पुरा भएको शिखर नेपालका अध्यक्ष शेखर खनालले बताए ।

जसका लागि कृषि तथा पशुपंछि विकास मन्त्रालयको समन्वयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पुशपंछी विभागको सकृयतामा मुलुकभरका कृयाशिल कृषकहरुको संकलित आवेदनलाई विज्ञ निर्णायक समितिले अध्ययन गरी मूल्यांकन गरि सातै प्रदेशबाट उत्कृष्ट ५/५ जना कृषकहरुको नामावली यसअघि नै सार्वजनिक गरिएको थियो ।

एउटा प्रदेशबाट २२ देखी ४२ जना कृषकहरुको काम क्षमता, फर्म र उनीहरुको प्रगतिलाई हेरर उत्कृष्ट ५ जनाबाट पनि सर्वोकृष्ट १ जना छनोट गर्न लागेको खनालले बताए ।

“मुलुकमा कृयाशिल कृषकहरुको प्रोत्साहन बढाउनुपर्ने अहिलेको आवश्यकता छ”, अध्यक्ष खनालले भने “मुलुकका सात वटै प्रदेशबाट ५/५ जना प्रतिष्पर्धी कृषकहरुको योग्यता, क्षमता, दक्षता र व्यवसायीक सफलताको मापन गर्दै निर्णायक समितिको मूल्यांकनका आधारमा नै यो नामावली प्रकाशन गरिएको छ । ”

सोही दिन “राष्ट्रिय शिखर अनर अवार्ड–२०७६” बाट पनि विभिन्न १२ वटा विधामा १२ जना विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।

शिखर नेपाल २०६४ सालदेखि विभिन्न विधामा विभिन्न सम्मान तथा अर्वाड निरन्तर रुपमा गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित