शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

फलोअप चेकिङका लागि प्रधानमन्त्री ओली त्रिवि अस्पतालमा

दैनिक नेपाल २०७६ भदौ २५ गते ९:५७

काठमाडौं, २५ भदौ । सिंगापुरबाट उपचार गरी फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली फलोअप चेकिङका लागि बुधबार त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

उनको मिर्गौलाले कस्तो काम गरिरहेको छ भन्ने विषयमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा जाँच गरिएको हो ।

उक्त सेन्टरका निर्देशक उत्तम श्रेष्ठसहितको टोलीले प्रधानमन्त्री ओलीको स्वास्थ जाँच गरेको छ । प्रधानमन्त्री उपचार सकेर गएको शुक्रबार मात्र सिंगापुरबाट नेपाल फर्किएका थिए ।

प्रतिक्रिया
सम्बन्धित