बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

नेकपाकाे सचिवालय बैठक आज बस्दै

दैनिक नेपाल २०७६ भदौ २५ गते ८:११

काठमाडौं, २५ भदाै । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर गएपछि रोकिएको पार्टी एकता टुंग्याउने विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

नेकपाभित्र केन्द्रीय निकायका रूपमा रहेका निर्वाचन, लेखा, अनुशासन, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च, प्रवास कमिटीलगायतको नेतृत्व टुंग्याउन बाँकी छ ।

पोलिटब्युरो गठनलगायतका एजेन्डा पनि थाती छन् । प्रधानमन्त्री ओली भदौ ५ मा सिंगापुर गएपछि अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा एउटा बैठक बसेको थियो  ।

बैठकले एकता प्रक्रियामा जोडिन आएका नेत्रविक्रम चन्द समूह र नयाँ शक्ति पार्टीका नेतालाई केन्द्रीय समितिमा मनोनयन गर्नेबाहेक अन्य निर्णय गरेन ।

प्रधानमन्त्री ओलीले सिंगापुरबाट फर्केपछि अर्का अध्यक्ष दाहालसँग दिनहुँ छलफल गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित