शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

१८ करोड हिनामनामा संलग्न बैंक दुई कर्मचारी पक्राउ

दैनिक नेपाल २०७६ भदौ २५ गते ६:५१

तुलसीपुर, २५ भदाै । १८ करोड हिनामनामा संलग्न रहेको आरोपमा देव विकास बैंक नारायणपुर दाङका दुई कर्मचारीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैंकका कर्मचारी पोषण जैसी र अनिल न्यौपाने रहेका छन् । अनुसन्धानका लागि पक्राउ परेका दुबैजनालाई तुलसीपुर उच्च अदालतको बाणिज्य इजलाशबाट म्याद थप गरिएको छ ।

रकम हिनामिना गरेको घटनामा बैंकका म्यानेजर शमिर बुढाथोकी सहित १२ जना यसअघि पक्राउ परेपनि अनुसन्धानपछि ४ जना छुटिसकेका छन् ।

म्यानेजर बुढाथोकीले नक्कली ऋणी बनाएर ठूलो रकम हिनामीना गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित