बुधबार, २९ असोज २०७६
DainikNepal.com
बुधबार, २९ असोज २०७६

प्रधानसेनापति थापाको सम्पत्ति कति छ ? थाहा पाउनुहोस्

दैनिक नेपाल २०७६ भदौ २४ गते १७:४८

काठमाडौँ, २४ भदौ ।  नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । आज काठमाडाैँङ्गा कार्यक्रम गरि थापाले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनीसँग ५५ तोला सुन, ५९० तोला चाँदी र १० लाख बराबरको हिराको हार रहेको छ ।

त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा २३ लाख नगद, ग्लोबल आइएमइ बैंकको खातामा ४२ हजार र उनको श्रीमतीको नाममा ५० हजार नगद रहेको उल्लेख छ ।

श्रीमती र छोरीको नाममा ४३ लाख बराबरको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यसका साथै उनको काठमाडौं, नवलपरासी, लमजुङमा जग्गा समेत रहेको छ ।

उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उपदफा (१) को प्रयोजनका लागि भन्दै सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

सेना राष्ट्रिय सुरक्षा हेर्ने संवेदनशील संगठन भएता पनि आफूले पारदर्शीताको लागि सम्पत्ति विवरण सार्वजनिक गरेको उनले बताए ।सेनाभित्र भ्रष्टाचार छानबिन हुँदैन त्यसैले अनियमितता हुन्छ भन्ने आरोप लागेकोले अब त्यसबारेमा पनि छानबिन हुने उनले बताए ।

हेर्नुहाेस् उनको सम्पत्ति विवरण :

प्रतिक्रिया
सम्बन्धित