शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

पूर्वसभासद् राईको निधनमा शोक प्रस्ताव पारित   

दैनिक नेपाल २०७६ भदौ २४ गते १७:०४

काठमाडौँ, २४ भदौ ।  प्रतिनिधिसभाको आजको बैठकले पूर्वसभासद् छियामा राईको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट समानुपातिक सदस्यका रुपमा निर्वाचित राईको ७७ वर्षका उमेरमा यही भदौ १० गते निधन भएको थियो । राईको निधनमा सभामुख कृष्णबहादुर महराले बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

मस्तिष्काघातको उपचारका क्रममा पूर्वसभासद् राईको सुमेरु अस्पतालमा निधन भएको हो । उहाँको निधनमा बैठकले शोक प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ ।

साथै बैठकले पूर्वसभासद् राईको परिवारजनप्रति समवेदनासमेत प्रकट गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २५ गते अपराह्न १ बजे बस्ने छ ।  –रासस  

प्रतिक्रिया
सम्बन्धित