शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

मकाउ पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने केसी पक्राउ

दैनिक नेपाल २०७६ भदौ २४ गते १६:५०

काठमाडौँ, २४ भदौ । महानगरीय अपराध महाशाखाले वर्किङ भिसामा मकाउ पठाइदिन्छु भन्दै लाखौं ठगी गरी फरार भएका एक जनालाई पक्राउ गरेको छ ।

आकर्षक तलव हुन्छ भनि विभिन्न व्यक्तिहरुलाई प्रालेभनामा पारी रौतहट चन्द्रपुर नगरपालिका–३ घर भई काठमाडौं बस्दै आएका बिनोद बस्नेत भनिने राजु केसीले पटक–पटक गरी १९ लाख १० हजार रकम लिएर ठगी गरेको उजुरी परेपछि महाशाखाले केसीलाई २३ गते हाँडिगाउँबाट पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताए ।

गोर्खा पालुङटारका रामशरण कोईरालासहित ६ जनाबाट केसीले ठगी गरेको भन्दै पक्राउ गरी अनुसन्धान गर्न महाशाखामा निवेदन दिएका थिए ।

प्रहरीले केसीको साथबाट एकै व्यक्तिको दुईवटा लाइसेन्स समेत बरामद गरेको छ । जसमध्ये एउटामा राजु केसीको नामको जारी भएको ०५–५७०५८९ को र अर्को बिनोदमणि बस्नेतको नाममा जारी भएको ०६–४८४७४५ नम्बरको दुई वटा सवारी चालक अनुमती पत्र बरामद भएको एसएसपी थापाले बताए ।

उनलाई ठगी तथा लिखत सम्बन्धि कसूरमा आवश्‍यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित