१२ मंसिर २०८३, शनिबार

‘कन्ट्रयाक किलर’ साह पक्राउ, कसको हत्या गर्न छिरेका थिए काठमाडौं ?

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्बिर

काठमाडौं, २४ भदौ । व्यक्ति हत्याका लागि ‘कन्ट्रयाक’ गरेर काठमाडौं उपत्यका छिरेका शम्भुप्रसाद साहलाई प्रहरीले भक्तपुरको भात्तेढिकुरबाट सोमबार राती पेस्तोलसहित पक्राउ गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले साह व्यक्ति हत्याको योजनाअनुसार उपत्यका छिरेका हुन् । बारा फेटा गाउँपालिकाका साह कसको हत्या गर्न छिरेका थिए भन्ने विषयमा अनुसन्धान जारी रहेको भक्तपुर प्रहरीले जनाएको छ ।

कसैको हत्या गर्न साह उपत्यका छिरेको सूचनाका आधारमा नै प्रहरीले खोजीनीति गरेको थियो । एक थान कटुवा पेस्तोल र पाँच राउण्ड गोलीसहित पक्राउ गरेका साह तराईका एक व्यापारीको हत्याका लागि भक्तपुरसम्म पिछा गर्दै आएको बुझिएको छ ।