१२ मंसिर २०८३, शनिबार

कांग्रेसकाे दाेस्राे चरणकाे जागरण मंगलबार बिहानैदेखि शुरू

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदाै । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानको दोस्रो चरण मंगलबारदेखि शुरू भएकाे छ ।

वीपी कोइरालाको १०६ औँ जन्मजयन्तीको प्रतीक स्वरुप हरेक प्रदेशसभा क्षेत्रमा सोही संख्यामा बिरुवा रोपेर अभियानको उद्घाटन गरिएकाे कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसले मंगलबार देशभरका सबै प्रदेशसभा क्षेत्रमा गरी कुल ३४ हजार ९८० बिरुवा रोप्दै छ ।

कांग्रेसले यो चरणको अभियानलाई मुलतः प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित गरेको छ ।

कार्यक्रमका लागि कांग्रेसले ३३० प्रतिनिधि तोकेको छ । सबै प्रतिनिधि आफ्नो क्षेत्रमा पुगेको जनाइएको छ ।

अभियान क्रममा सामाजिक संवाद, युवा केन्द्रित विशेष संवाद, संविधान दिवसका कार्यक्रम, वडास्तरीय अन्तरक्रिया, स्थानीय तहको दुई वर्षे समीक्षा, पार्टी प्रवेश कार्यक्रम आदि हुने कांग्रेसले जनाएको छ ।

१५ दिने अभियानको अन्तिम दिन असोज ७ गते ७७ जिल्लामा एकसाथ प्रदर्शन गर्ने कांग्रेसको तयारी छ ।