काठमाडाैं, २४ भदाै । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १ सय ६ औँ जन्मजयन्ती मंगलबार मनाइँदैछ ।
वीपीको सम्झनामा कांग्रेसले मंगलबारदेखि दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुरु गर्दैछ ।
२०१५ सालको आम चुनावमा कांग्रेसले दुई तिहाई बहुमत पाएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका वीपीले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए । उनकाे नेतृत्वको सरकारले २ वर्ष पनि काम गर्न नपाउँदै राजा महेन्द्रले पञ्चायती ब्यवस्था लागू गरेका थिए ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका बीपी १९७१ साल भदौ २४ गते जन्मनु भएको हो । राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि २००३ सालमा वीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो ।
वीपीको अगुवाइमा २००७ सालको क्रान्ति सफल भएको थियो । राणा शासनको विरोध गर्दै गरिब किसानले लगाएका लुगा राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई पठाएपछि बुवा कृष्णप्रसाद कोइराला भारत निर्वासनमा जानुपरेको थियो ।












प्रतिक्रिया