बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

नेकपाका नेता वामदेव गौतमलाई पनि डेंगुको आशंका

दैनिक नेपाल २०७६ भदौ २४ गते ८:२३

काठमाडौं, २४ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमलाई पनि डेंगुको संक्रमण लागेको आशंका गरिएको छ ।

नेकपाको केन्द्रीय सचिवालय सदस्य गौतमले सोमबार टेकु अस्पतालमा पुगेर परीक्षण गरिएका छन् । उनलाई शनिबारबाट ज्वरो आएको थियो ।

नेकपाका नेता गौतमलाई चिकित्सकहरूले डेंगु लागेको आशंका गरेका छन् ।

गौतम केही समयअगाडि सिंगापुर गएका थिए । उनलाई त्यहीँ संक्रमण भएको हुन सक्ने अनुमान चिकित्सकले गरेका छन् ।

यसअघि कृषिमन्त्री चक्रपाणि खनाललाई पनि डेंगु देखिएको थियो । मन्त्री खनालको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भएको थियो । मन्त्री खनाल उपचारपछि घर फर्की सकेका छन् ।

वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई पनि डेंगु देखिएको छ । उनी पनि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित