शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

युराेकप छनाैटमा क्रोएसिया र अजरबैजानले अंक बाँडे

दैनिक नेपाल २०७६ भदौ २४ गते ६:४८

लण्डन, २४ भदाै । विश्वकप उपविजेता क्रोएसियाले युरोकप २०२० को छनोट प्रतियोगितामा अजरबैजानसँग एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

घरेलु मैदानमा विशेष गरी दोस्रो हाफमा निकै नै प्रभावशाली देखिएको अजरवैजानले युरो छनोटमा पहिलो अंक हासिल गरेको हो ।

समूह इ मा रहेको अजरबैजानले अहिलेसम्म चारै खेलमा पराजय ब्यहोरेको थियो । उसले पाँचौं खेलमा एक अंक जोड्न सफल भयो । यद्यपी उ समूहको अन्तिममै यथावत छ ।

पाँच खेलबाट १० अंक पुर्‍याएको क्रोएसिया पनि शीर्ष स्थानमा छ । एक खेल कम खेलेको हंगेरीको ९ अंक छ ।

बाकुस्थित बाकसेल एरिनामा पहिलो हाफमा क्रोएसियाले अग्रता लिएको थियो । ११ औं मिनेटमा कप्तान लुका मोड्रिचले पेनाल्टीमा गोल गरेका थिए ।

दोस्रो हाफमा बल पोजिसन नियन्त्रणमा राखेको घरेलु टोलीका लागि ताम्किन खालिलजादेले बराबरी गोल फर्काए । उनले रामिल सेदायवको पास सदुपयोग गरी पेनाल्टी एरियाबाट उत्कृष्ट गोल गरेका हुन् ।

दोस्रो हाफमा अजरवैजानले गोलका अन्य केहि अवसर पनि खेर फालेको थियो ।

प्रतिक्रिया
सम्बन्धित