बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

सी नेपाल आउने निश्चित

दैनिक नेपाल २०७६ भदौ २४ गते ६:४४

काठमाडौं, २४ भदाै । बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत छनोट भएका आयोजना अघि बढाउन चीन सकारात्मक देखिएको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले बीआरआई आयोजना अघि बढाउने संकेत गरेपछि नेपाली पक्ष उत्साहित भएको छ । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

चीनले यसअघि नेपाली पक्षले बीआरआईमा समेटिने परियोजनाको स्पष्ट खाका नदिएको गुनासो गर्दै आएको थियो । नेपाली पक्षको भने परियोजनामा चिनियाँ पक्षबाट बेवास्ता भइरहेको गुनासो छ ।

विदेशमन्त्री वाङले नेपालबाट छनोट भएका परियोजनामा प्रस्ताव अघि बढाउन आग्रह गरेको बताइएको छ । यसअघि नेपालले लैजाने परियोजनामा चीनले कुनै न कुनै रुपमा अड्को थापेको नेपाली अधिकारीहरू बताउँछन् ।

बीआरआई सम्झौता भएको दुई वर्ष चार महिना भइसक्दा पनि परियोजना अघि बढ्न सकेको छैन । यसको म्याद आगामी वैशाखसम्म छ । तीनवर्षे परियोजना सम्झौता २०७४ वैशाख २९ मा भएको थियो । त्यसअन्तर्गत विभिन्न नौ परियोजना चयन भएका थिए ।

विदेशमन्त्री वाङले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँगको छुट्टाछुट्टै शिष्टाचार भेटमा बीआरआई परियोजनामा चीन सकारात्मक रहेको बताएका हुन् ।

‘नेपाल चीनको सदाबहार मित्र हो । हामी सधैं सहकार्य गरेर अघि बढ्नुपर्छ । लामो समयदेखिको चिनियाँ उच्चस्तरको भ्रमणको दुरी पनि अब पूरा हुनेछ,’ विदेशमन्त्री वाङलाई उधृत गर्दै एक अधिकारीले भने, ‘चीन छिमेकलाई साथ लिएर विकास गर्न चाहन्छ । हामी एउटै क्षेत्र र उही परिवेशमा छौं । विकासमा सहकार्य अपरिहार्य हुन्छ ।’

राष्ट्रपति भण्डारीले आफूले बेइजिङ भ्रमणका क्रममा भएको सहमतिको विषय उठाएकी थिइन् । यस्तै प्रधानमन्त्री ओलीले दुई यसअघि भएको सहमति कार्यान्वयनमा जोड दिएका थिए ।‘भेटमा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भयो ।

प्रतिक्रिया
सम्बन्धित