
काठमाडौँ, २३ भदौ । जनता बैंकले नागार्जुन नगरपालिका– १, रानीवन स्थित नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारको लागि १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
बैंकका नायव प्रमुख कार्र्यकारी अध्यक्ष सुजितकुमार शाक्यले नागभुषण महादेव मन्दिर संरक्षण तथा सामुदायिक संस्थाका अध्यक्ष विष्णु कुमारी सिंखडालाई आज डेढ लाखको चेक हस्तान्तरण गरे ।
ईचंगुनारायण जग्गा एकीकरण आयोजनाभित्र करिव १.५ रोपनी क्षेत्रफलमा कलात्मक नागभुषण महादेव मन्दिर र करिव २ सय जना क्षमताको सत्संग भजनपाटी निर्माण गरिएको छ ।
मन्दिर परिसरको थप भौतिक संरचना सुधार र निर्माणको लागि सहयोग स्वरुप संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रकम प्रदान गरेको हो ।
जनता बैंकले हाल मुलुकभरमा १४२ शाखा ५० शाखारहित बैंकिङ १०८ एटीएम ३ एक्स्टेन्सन काउण्टर र १ सिमित बैंकिङ इकाईमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।















प्रतिक्रिया