बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

दैनिक नेपाल २०७६ भदौ २३ गते १८:२७

काठमाडौँ, २३ भदौ । प्रधानमन्त्री केपी ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

चिनियाँ विदेशमन्त्री यी प्रधानमन्त्री ओलीलाई भेटन् बालुवाटार पुगेका थिए । यसअघि उनले पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग याक एण्ड यती होटलमा भेटवार्ता गरेका थिए ।

चिनियाँ नेता वाङको यस पटकको भेटवार्ता मूख्यतः तीन मुद्दामा केन्द्रित रहेको बताइएको छ ।

मदन भण्डारी विश्व विद्यालय, कोदारी राजमार्गको धुलिखेल–कोदारी खण्डको स्तरोन्नती, रसुवागढी–ठोरी करिडोरमा टोखा–छहरे सुरुङमार्ग एवं बेत्रावती–स्याफ्रुबेसी खण्डको स्तरोन्नतीलाई प्राथमिकतामा राखिएको छ ।

परराष्ट्रमन्त्रीसँगको भेटमा तीन वटा समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ ।

राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारीको क्रममा वाङ आइतबार तीन दिने नेपाल भ्रमणमा आएका हुन् । उनले आज बिहान पर्यटकीइ क्षेत्र चन्द्रागिरिको अवलोकन गरेका थिए ।

उनले भोलि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम रहेको छ ।

तस्वीर (सबै) : प्रधानमन्त्रीको सचिवालय

प्रतिक्रिया
सम्बन्धित