
काठमाडौँ, २३ भदौ । साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत धादिङको धार्के गाउँपालिका–५ मा सञ्चालित प्रेमसागर फाउण्डेशन नेपाललाई वित्तीय सहयोग प्रदान गरेको छ ।
फाउण्डेशनले धार्के गाउँपालिकामा सन्चालित जन भोजन कार्यक्रम अन्तर्गत बालबालिका तथा अशक्त वृद्धवृद्धा गरी करिब ५०० जनालाई दैनिक निःशुल्क भोजन गराउँदै आएको छ । साथै, करिब १५०० जना स्कुले बालबालिकाहरुलाई विद्यालयमै खाजा पुर्याउँदै आइरहेको छ ।
बैंकले गरेको आर्थिक सहयोगले फाउण्डेशनको सामाजिक कार्यमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । संस्थालाई ५० हजार रुपैयाँको चेक बैंकको तर्फबाट महाप्रबन्धक अपुर्व प्रसाद जोशीले प्रेमसागर फाउण्डेशनका कोषाध्यक्ष दुर्गा दत्त घिमिरेलाई हस्तान्तरण गरे ।
यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ८७ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ ।















प्रतिक्रिया