१२ मंसिर २०८३, शनिबार

यस्ता छन् ट्राफिक प्रहरी प्रमुख एसएसपी ढकालका योजना

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका नयाँ प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले ७ वटा प्राथमिकताका योजना सार्वजनिक गरेका छन् ।

महानगरीय प्रहरी महाशाखाकाको जिम्मेवारी सम्हाल्न आएका एसएसपी ढकालले उपत्यकामा स्मार्ट ट्राफिक प्रहरीसहित आफ्ना योजना अघि सारेका हुन् ।

स्मार्ट ट्राफिक प्रहरीको पर्सनालिटी, व्यवाहार, प्रस्तुत हुने शैलीमा समेत ध्यान दिइने उनले बताए । परम्परागत व्यवहारभन्दा पृथक रुपमा प्रस्तुत हुँदै व्यवहारमा विनम्रता र कानुन कार्यान्वयनमा कडाइ गरिने उनको दाबी छ ।

उनले दोस्रो प्राथमिकतामा सर्वसाधारणको समस्याको सुनुवाई र समाधानमा तादरुकता रहेको बताए । उनका अनुसार प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा पनि जोड दिइनेछ ।

सोमबार कार्यालयमै पत्रकार सम्मेलन गर्दै एसएसपी ढकालले मापदण्डअनुसार पूर्वाधारको अभावमा ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको बताउँदै उनले ‘म्यानुअल ट्राफिकिङ’ गर्नुपर्ने बाध्यता रहेको बताए । विगतमा ट्राफिक प्रहरीले गरेका सकारात्मक कार्यक्रमलाई भने निरन्तरता दिइएको एसएसी ढकालले बताए ।

सरकारी तथ्याङ्कअनुसार नेपालमा ३५ लाख ३९ हजार ९१९ सवारीसाधन दर्ता छन् । जसमध्ये बागमती अञ्चलमा मात्रै ११ लाख ७२ हजार ४१३ सवारीसाधन दर्ता भएका छन् ।

सवारी साधनको चाप निरन्तर बढिरहेको भए पनि पुराना सवारी साधन विस्थापन नहुँदा समस्या बढेको एसएसी ढकालले बताए । हाल उपत्यकामा १ हजार ८४ ट्राफिक प्रहरीको दरबन्दी रहे पनि १३६८ जना कार्यरत छन् ।