१२ मंसिर २०८३, शनिबार

डेढ किलो सुनसहित विमानस्थलबाट एकजना पक्राउ

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित एक नेपाली पक्राउ परेका छन् ।

हिमालय एयरलाइन्सको उडानद्वारा कतारको दोहाबाट काठमाडौं उत्रिएका होमबहादुर गुरुङ डेढ किलो सुनसहित पक्राउ परेका हुन् ।होमबहादुरले करुवामा लुकाएर डेढ किलो सुन काठमाडौं पुर्याएका प्रहरीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘अराइभल’ गेटमा चेकजाँच गर्ने क्रममा होमबहादुरको साथमा सुन रहेको देखिएको हो । थप चेकजाँच गर्दा होमबहादुरको साथमा डेढ किलो सुन फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले सुनसहित होमबहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताएको छ ।