३ कार्तिक २०८३, मंगलबार

महिन्द्रा टु ह्वीलरले बनाउने छ सबैलाई दङ्दास

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ भदौ । महिन्द्रा टु ह्वीलर्स अन्तर्गत अग्नि मोटो इन्कले चाडपर्वकोे अवसर पारेर ‘महिन्द्रासँग सबै दङ्दास’योजना प्रस्तुत गरेको छ ।

यस योजनाले वास्तवमै यो विशेष चाडपर्वमा सबैलाई दङ्ग पर्नेछ भन्ने विश्वास कम्पनीले लिएको छ । बाइक तथा स्कुटरको खरिदमा तुरुन्तै क्यास १० हजारको फ्ल्याट डिस्काउन्ट तथा लक्की ड्रबाट होम अप्लाइन्सहरु प्राप्त गर्न सकिने छ । यो योजनाले नेपालीहरुको महान् पर्वलाई रौनक थपी सबैलाई दङ्ग बनाउने विश्वास कम्पनीले लिएको छ ।

यो योजना नेपाल अधिराज्यभर रहेका आधिकारिक विक्रेतामार्फत खरिद गर्दा छुट प्राप्त गर्न सकिने छ । महिन्द्राका गोस्टो, सेन्चुरो तथा मोजो स्कुटर तथा बाइक नेपाली युवामाझ लोकप्रिय रहँदै आएको छ ।

आफ्ना ग्राहकहरुलाई चुस्त सर्भिस तथा स्पेयर पार्टस्हरुको सर्वसुलभतातर्फ पनि विशेष ध्यान केन्द्रित छ । चाहिएको वेला सर्वसुलभ तरिकाबाट मोटरसाइकल तथा स्कुटर खरिद, सर्भिसिङ तथा समयमै ग्राहकरुलाई स्पेयर पार्टस्हरु उपलब्ध गराउन कम्पनीले नेपाल अधिराज्यका विभिन्न स्थानहरुमा आधिकारिक शो रुम तथा सर्भिस सेन्टरहरुको स्थापना गर्दै आएको छ ।

सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रालि अन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रालि, अग्नि इनर्जी प्रालि, अग्नि मोटोइन्क प्रालि, बालाजू अटो वक्र्स प्रालि रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटी भेइकल, ट्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् ।