३ कार्तिक २०८३, मंगलबार

नवलपरासीको सुस्तामा कामना सेवाकोे ९९औँ शाखा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ भदौ । कामना सेवा विकास बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका ग्रामिण क्षेत्रहरुमा समेत आफ्नो सेवा विस्तार गर्दै जाने उदेश्य अनुरुप नवलपरासीमा रहेको सुस्ता गाउँपालिका–१ स्थित बरmवा आफ्नो ९९औ शाखा सञ्चालनमा ल्याएको छ ।

कारोबार शुभारम्भ समारोहमा सुस्ता गाउँपालिकाका उपाध्यक्ष इन्द्र कुमारी थरुनी, वडा अध्यक्ष अशोक कुमार चौधरी, बैंकका नायब महाप्रबन्धक हरि प्रसाद लम्साललगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम् प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्पmत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

काठमाडौँ –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९९ वटा शाखा तथा ४५ वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सीआस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।