
काठमाडौँ, २२ भदौ । दशैँको अवसर पारेर असोजको पहिलो साता राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ ।
असोज २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने मेलाको तयारी पुरा भएको आयोजक संस्था इभेण्ट सोलुसन प्रलिले जनाएको छ ।
चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्नेगरी मेला आयोजना हुन लागेको हो । अधिक रुचाइएको यो मेला वर्षेनी आयोजना हुँदै आएको छ ।
यसपटक पनि मेलालाई निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ स्टक क्लियरेन्स मेला ५ दिनसम्म चल्नेछ । एक्स्पोमा दशैंका लागि आवश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।
एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहनेछ । यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत रहने आयोजकले जनाएको छ । ‘अफरै अफरको ब्यापारिक मेला शपिगं गर्ने यहि हो बेला’ भन्ने अर्को नारासहित सञ्चालन हुने मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ ।
‘जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहने छन्’, इभेण्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले भने ।
दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरु सञ्चालन गरिनेछ । छाला जुत्ता तथा वस्तुहरुको मेलामा विशेष सहभागिता रहनेछ । एक्सपोको प्रवद्र्धन नेपाल चेम्बर अफ कमर्शले गर्नेछ ।
स्टक क्लियरेन्स मेलासँगै अलग्गै प्रदर्शनीस्थलमा नेपालमा उत्पादित धागो तथा कपडाको एक्स्पो पनि सञ्चालन हुनेछ । नेपालयार्न एण्ड टेक्सटायल एक्स्पो २०१९ लाई नेपाल धागो उत्पादक संघले आयोजना गरेको हो । यो मेलाको व्यवस्थापन पनि इभेण्ट सोलुसन प्रालिले गर्नेछ । मेलाको सबै तयारी पुरा भएको छ ।
मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने र बिक्रेताहरुको पनि राम्रो जमघट हुने विश्वास इभेण्ट सोलुसनले लिएको छ । ‘दशैंको शपिंग गर्न उपभोक्ताहरु बजारमा धेरै भौतारिनु पर्ने अवस्था नहोस् भन्न एउटै छानामुनि क्लियरेन्स मेला आयोजना गर्न लागेका हौं’ इभेण्ट सोलुसन प्रालिका अध्यक्ष सुनिल भण्डारीले बताए ।
६० हजार उपभोक्ताले एक्स्पो अवलोकन गर्दै आफूलाई आवश्यक वस्तु खरिद गर्ने आँकलन इभेण्ट सोलुसनको छ । वर्षेनी आयोजना हुँदै आएको एक्स्पोको यो संस्करणबाट व्यवसायी तथा उपभोक्ता दुवै लाभान्वित हुने विश्वास लिइएको छ ।
एक्सपोको प्रवद्धन नेपाल नेपाल चेम्बर अफकमर्शले गर्नेछ । त्यस्तै ललिपुर चेम्बर अफ कर्मश र भक्तपुर चेम्बर अफ कमर्शले पनि एक्स्पोको प्रवद्धन गर्नेछन् । छाला जुत्तातथा वस्तुहरुको मेलामाविशेष सहभागिता रहनेछ ।















प्रतिक्रिया