
काठमाडौँ, २२ भदौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्नो दोस्रो चरणको जागरण अभियानका लागि तोकेका केन्द्रीय प्रतिनिधिको नाम सार्वजनिक गरेको छ ।
प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा खटिएका प्रतिनिधिहरुको नामावली सार्वजनिक गरेको हो । कांग्रेसले यसअघि पहिलो चरणको राष्ट्रिय जागरण अभियान गत वैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म सञ्चालन गरेको थियो ।
कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरण भदौ २४ गतेदेखि असोज ७ गतेसम्म सञ्चालन हुनेछ । हरेक जिल्लामा दुई-दुई जनाको दरले प्रतिनिधि खटाइएको छ ।
पूर्वमन्त्री, पूर्व सांसद, पूर्वसभापति, प्रतिनिधिसभा र राष्ट्रियसभाका उम्मेदवारलगायतलाई केन्द्रीय प्रतिनिधि तोकिएको छ ।
हेर्नुहोस् सूची :











प्रतिक्रिया