
काठमाडौँ, २१ भदौ । आज देशभर मौसम बदली भई पूर्वदेखि पश्चिमसम्म केही ठाउँमा चट्याङसहितको वर्षा हुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अपराह्नपछि काठमाडौं उपत्यकासहित मध्य र पश्चिमका केही स्थान र पूर्वका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहितको वर्षा हुने सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा मेघ गर्जन/चट्याङको सम्भावना भएकाले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।
काठमाडौं उपत्यकामा पनि अपराह्नपछि पानी पर्ने सम्भावना रहेको माैसमविदहरुले बताएका छन् ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
भाद्र २१ गते शनिबार
दिउँसो : देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही पश्चिम तथा मध्यका केही स्थानहरूमा साथै पूर्वका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ।
राति : देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। मध्य र पूर्वी भेगका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ।
भाद्र २२ गते आइतबार
दिउँसो : देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानहररूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
राति : देशभरि सामान्य बदली रही केही स्थानहररूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ।
भाद्र २३ गते सोमबार
दिउँसो : देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानहररूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। मध्य र पूर्वी पहाडी भेगका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ।
राति : देशभरि सामान्यदेखि पूर्णसम्म बदली रही केही स्थानहररूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशको थोरै स्थानहररूमा भारी वर्षाको सम्भावना देखिन्छ।











प्रतिक्रिया