अमेरिका । नासा र आन्माकाे संयुक्त आयाेजनामा गत अगस्त ३०,३१ र सेप्टेम्बर १ तारिक गरि तीन दिनसम्म अमेरिकाकाे नर्थक्याराेलिनास्थित विन्स्टन सेलममा एक बृहत सम्मेलन सम्पन्न भएकाे छ ।
हरेक वर्ष गरिने यो संयुक्त सम्मेलनमा बिभिन्न विषयका फाेरमहरू संचालन गरिन्छ जसमध्ये नेपाल फ़ोरम एक महत्त्वपूर्ण सत्र मानिन्छ ।
यस कार्यक्रमका संयाेजक पर्यटन दूत तथा नासाका प्रथम निर्बाचित अध्यक्ष राजा घलेकाे सहभागिता रहेकाे थियाे ।
प्रमुख अतिथिका रूपमा नेपालका पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी थिए । उक्त सत्रमा डा तिलक श्रेष्ठले नेपाल र नेपालीकाे समृद्धि प्र मं ओली शीर्षकमा आफ्नाे गाेष्ठीपत्र प्रस्तुत गर्दै वर्तमान नेपालमा देखिएका राष्ट्रियता, प्रजातन्त्र, विकास र प्राचीन परम्पराका बारेमा आफ्ना धारणा प्रस्तुत गरे ।
त्यस क्रममा नेपालमा जुलाई २०१५ मा लिएकाे जनमतलाई प्रकाशन र कदर गर्नु पर्नेमा नगर्नु अपराधपूर्ण हुन गई वर्तमान सम्बिधन अबैध हुन पुगेकाे हाे भनी जिकिर गरे ।
धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र नेपालका राष्ट्रिय मुद्दा हुन् । यी तिनवटै कुरा जनताकाे समर्थन बिना नै देशमा लाधिएका हुन् ।
यिनका बारेमा राष्ट्रियसंवाद र जनमत संग्रह हुनुपर्छ भनी डा श्रेष्ठले अडान लिए । यस्तै नेपालमा सत्र हजार नेपाली मारिएकामा दुख प्रकट गर्दै तीमाथि न्याय हुन अत्यावश्यक छ भनि जिकिर गरे ।















प्रतिक्रिया