शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

मलेसीयामा तलब नपाएको झोंकमा नेपालीद्वारा सुपरभाइजरको हत्या !

दैनिक नेपाल २०७६ भदौ २० गते १५:३६

काठमाडौं, २० भदौ । मलेसीयाको एउटा अपार्टमेन्टमा सुरक्षा गार्डको काम गर्ने नेपालीले त्यहाँका सुपरभाइजरको हत्या गरेको दाबी गरिएको छ ।

विभिन्न एजेन्सीले उक्त खबर सार्वजनिक गरे पनि उनी नेपालका को हुन् भन्ने खुलाइएको छैन । तलब नपाएको झोकमा सुपरभाइजरको हत्या गरेको बताइन्छ ।

उक्त घटनामा नेपालीसहित अन्य दुई जना पक्राउ गरिएको दाबी गरिएको छ । सोमबार दिउँसो कन्ट्रोल रुमभित्रै हेल्मेटले लगातार हान्दा सुपरभाइजर ५४ वर्षीय ली पोह मेङको ज्यान गएको थियो ।

मृतकको शव अपार्टमेन्टको शौचालयमा फेला परेको बताइएको छ । १ सेप्टेम्बरको बेलुकी ६ः१० बजेतिर कन्ट्रोल रुमभित्रै हेल्मेटले लगातार हानिएको सीसीटीभी फुटेजमा देखिए पनि ती नेपालीलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित