पर्सा, २० भदौ । पर्सामा नौ कक्षामा अध्ययनरत एक किशोरीमाथि एसीड प्रहार गरेको अभियोग लागेका युवकलाई प्रहरी पक्राउ गरी अनुसन्धान थालेको छ ।
वीरगञ्ज महानगरपालिकाको त्रिभुवन हुनमान माध्यमिक विद्यालयमा नौ कक्षामा अध्ययनरत १५ बर्षिया ति किशोरीलाई १६ बर्षीय सम्साद मिया र माजिद आलमले मुख, छाती र हातमा एसीड खन्याएको प्रहरीमा जानकारी आएको थियो ।
‘हामीलाई जानकारी आउनासाथ टोली खटाएर एसीड खन्याउने भनिएका मध्येका मुख्य सम्साद मियाँलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ’, पर्सा प्रहरी प्रमुख सोमेन्द्रसिंह राठौरले भने,‘अर्काको खोजी कार्य भइरहेको छ ।’











प्रतिक्रिया