हङकङ । नेपाली कांग्रेस निकटको नेपाली जनसम्पर्क समिति हङकङले वीपी जयन्तीका अवसरमा कविता वाचनको कार्यक्रम राखेको छ ।
नेपाली जनसम्पर्क समिति हङकङका सभापति मीन गुरुङका अनुसार १०५औँ वीपी जयन्ती तथा कविता वाचन कार्यक्रम राखिएको हो । कार्यक्रमका लागि सबै तयारी पूरा भइसकेको छ ।
जोर्डनस्थिति काँगन रेष्टुरेन्टमा ८ सेप्टेम्बर आइतबार दिनको १ बजे कार्यक्रम राखिएको छ । सो कार्यक्रमको प्रमुख अथिति नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष चत्तम चापागाइँ रहेका छन् ।
सभापति गुरुङले कार्यक्रममा सहभागी हुन नेपाली जनसम्पर्क समिति हङकङमा अबद्ध सबैलाई आग्रह गरेका छन् ।
नेपाल तरुण दलका उपाध्यक्ष चापागाइँ कार्यक्रममा सहभागी हुन हङकङमा छन् ।















प्रतिक्रिया