
भैरहवा, १९ भदौ । प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले कृषि क्षेत्रको विकास बिना देशको समृद्धी संभव नरहेको बताएका छन् ।
भुसालले संसारमा जुन देशले कृषिमा विकास गर्दैन त्यसले विकासमा पाइला नसार्ने बताउँदै कृषि क्षेत्रको विकासबिना देशको समृद्धी संभव नरहेको बताएका हुन् ।
बिहिवार प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मत्स्य सुपरजोन संचालक समितिको साधारण सभामा बोल्दै भुसालले हरेक देशको विकासमा सेवा क्षेत्र तेस्रो उद्योगमा क्षेत्र दोस्रो र कृषि क्षेत्र पहिलो प्रथामिकतामा रहने हुनाले सरकारले कृषि क्षेत्रलाई प्रथामिकतामा राखेर काम गरे केही वर्षमा काम गर्नको लागि विदेश जान पर्ने बाध्यता हट्ने जानकारी दिए । भुसालले सरकारले कृषिमा क्रमश: ध्यान बढाउँदै गएको बताए ।
नेकपा स्थायी कमिटी सदस्य समेत रहेका भुसालले सरकार, राज्य र नागरिक एक साथ भएर अघि बढे समृद्धी हासिल गर्ने जानकारी दिए । ‘हामीले उत्कृष्ट संविधान लेखेका छौ, संविधानले राम्रो मुलुक बनाउने बाटो खोलेको छ, अब राजनितिक झगडा अन्त्य गरेर देशको विकासमा लाग्नुपर्छ’, उनले भने ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य तुल्सी चौधरीले कृषिमा आत्मनिर्भर नभएसम्म मुलुक अगाडी नबढ्ने बताए । चौधरीले मुलुक समृद्ध हुन कृषि क्षेत्रमा स्थापित हुनुपर्ने जानकारी दिए ।
कार्यक्रममा सियारी गाउँपालिका अध्यक्ष आयोध्या थारु, सुद्धोधन गाउँपालिका अध्यक्ष किशुन चन्द चौधरी, गैडहवा गाउँपालिका अध्यक्ष बच्चुलाल केवट, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मत्स्य सुपरजोन कार्यालय प्रमुख कृषि अधिकृत मकबुल अली लगायतले मन्तव्य दिए ।











प्रतिक्रिया