
काठमाडौँ, १९ भदौ । राप्रपा अध्यक्ष कमल थापाले नेपालमा राजतन्त्र अन्त्यका लागि बिदेशी खुफिया एजेन्सीको योजनाका विषयमा संसदले छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।
आज भरतपुर विमानस्थलमा मिडिया नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले गणतन्त्र, धर्म निरपेक्षता र संघीयता लाद्नको निमित्त बाह्य शक्तिको अभिप्रेरणा र भूमिका बारम्बार पुष्टि हुदै आईरहेकोमा अहिले नयाँ ढंगबाट अत्यन्त गम्भीर र संवेदनशील बिषय आएको भन्दै उनले भने राजनीतिक दल र नेताहरु प्रयोग गरेको बिषय साधारण बिषय होइन, यसबारे अब निराकरण हुनुपर्छ भने ।
‘जसरी अमेरिकी राष्ट्रपति निर्वाचन रुसको भूमिका रहेको भन्नेबारे अहिले त्यहाँको संसदले छानबिन गरिरहेको छ, यहाँ पनि छानबिन समितस निर्माण गर्नुपर्दछ’, थापाले भने । अध्यक्ष थापाले गाईको बिषय अत्यन्तै संबेदनशील बिषय भन्दै यसबारे अबिलम्ब छानबिन गरि दोषीलाई कार्बाही गर्नुपर्छ भनेर पहिलो आवाज उठाउने राप्रपा भएको बताए काछन् । सरकारले तदारुकताका साथ समिति गठन गरेकोमा खुशी भएको उनको प्रतिक्रिया छ ।
उनले थपे, ‘नेपालगन्ज उपमहानगरले पनि समिति गठन गरेको छ, १५ दिनमा प्रतिबेदन आएपछि के गर्नुपर्छ हामी निर्णय गर्छौ ।’ नेपालगन्जका मेयर डाक्टर धवल शमशेर राणासङ्ग यस बारेमा जानकारी लिएको र उनकै उपस्थितिमा पदाधिकारी बैठक बसि छानबिन गर्न बैठकले आग्रह गरेको समेत थापाले स्पष्ट पारे ।
प्रदेश -३ को राजधानी तोक्न ढिला भैसकेको भन्दै थापाले आफ्नो गृहनगर भएर हेटौंडाको निर्णय गरेको नभई सबै दृष्टिकोणबाट उत्तम भएकोले हेटौंडा नै राजधानी हुनुपर्ने बताए ।
जनताले सकारात्मक परिवर्नको अनुभूति गर्न नसकेको त्रुटि कमजोरी सच्याउन सरकारले पहलकदमी नलिएकोमा थापाको आक्रोश थियो ।बेरोजगारी, भ्रस्टाचार र धर्मपरिवर्तन र करछलीप्रति सरकारको उदाषिनताप्रति थापाले तीब्र रोष प्रकट गरे ।
आगामी दिनमा हिन्दुराष्ट्रको अभियानको निमित्त पार्टीले शसक्त अभियान संचालन गर्ने समेत थापाले घोषणा गरे । भेटघाटमा पार्टीका वरिष्ठ नेता दिपक बोहरा, सहायक महामन्त्री राजाराम बर्तौला, बिन्दु पहाडी, केन्द्रिय सदस्य बलराम थापा, सुरज न्यौपाने, चितवन अध्यक्ष दिलिप पाण्डे लगायतको उपस्थिति थियो ।











प्रतिक्रिया