शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

गिरीद्वारा यूएई समाजको उपाध्यक्षमा उम्मेदवारी घोषणा

दैनिक नेपाल २०७६ भदौ १९ गते ९:५७

दुबई । दाङ देउखुरी समाज यूएईका संरक्षक तथा निवर्तमान अध्यक्ष कमल गिरीले नेपाली समाज यूएईको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

गिरीले उपाध्यक्षमा निर्वाचित गराउन सबैमा अपील गरेका छन् ।

एक दशकभन्दा लामो समयदेखि यूएईलाई कर्मथलो बनाइरहेका गिरीले आपत बिपतमा परेका नेपाली श्रमिकहरूलाई साथ र सहयोग गर्दै आएका छन् ।

नेपालमा दाङ जिल्ला घर भएका गिरीले बिभिन्न संघ संस्थासँग हातेमालो गरेका छन् ।

यूएईमा दाङ देउखुरी समाज स्थापना गर्न गिरीको ठूलो भूमिका छ ।

यूएईमा बसोबास गर्ने नेपालीहरूको छाता संगठन ‘नेपाली समाज यूएई’को आसन्न १४औँ अधिवेशन हुँदै छ । अधिवेशनमा गिरीलाई मतदान गर्न दाङ देउखुरी समाजले पनि आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित