शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

बेलिन्डा बेन्सिच युएस ओपनको सेमिफाइनलमा प्रवेश

दैनिक नेपाल २०७६ भदौ १९ गते ८:१५

न्युयाेर्क, १९ भदाै । बेलिन्डा बेन्सिच युएस ओपन टेनिस अन्तर्गत महिला एकल तर्फको सेमिफाइनलमा प्रवेश गरेकी छन् ।

स्वीट्जरल्याण्डकी बेलिन्डाले क्रोएसियन खेलाडी डोना भेकिचलाई पराजित गरेर अन्तिम चारमा स्थान बनाएकी हुन् ।

साबिक विजेता नाओमी ओसाकालाई पराजित गरेर क्वाटरफाइनलमा आएकी १३ औँ बरियताकी बेलिन्डाले आफ्नो राम्रो साथी रहेकी डोनालाई ७–६ (७–५) र ६–३ को सेटमा पराजित गरेकी हुन् ।

उनले अन्तिम चारमा क्यानडाकी बिएन्का एण्ड्रिस्क्यू वा बेल्जियमकी एलिस मर्टेन्ससँग प्रतिस्पर्धा गर्ने छिन्।

२२ वर्षकी बेलिन्डा अब बरियताको शीर्ष १० मा पर्ने पक्का भएको छ । पछिल्लो तीन वर्षदेखि उनी शीर्ष १० बाट बाहिर रहँदै आएकी छन् । उनी सन् २०१६ को फेब्रुअरीमा सातौँ बरियतामा पुगेकी थिइन् ।

तर त्यसपछि चोट र शल्यक्रियाका कारण मैदान बाहिर रहेकी उनी ३२८ औँ स्थानमा पनि पुगिन्।

प्रतिक्रिया
सम्बन्धित