बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

सेरेना यूएस ओपनको सेमिफाइनलमा प्रवेश

दैनिक नेपाल २०७६ भदौ १८ गते ८:१४

न्युयाेर्क, १८ भदाै । सेरेना विलियम्स अमेरिकामा जारी यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।

बुधबार बिहान भएको क्वार्टरफाइनलमा चीनीया खेलाडी वाङ क्विङलाई मात्र ४४ मिनेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाइन् ।

३७ वर्षीया विलियम्सले पूरै खेलमा पाँच पटक सर्भिस ब्रेक गरेकी थिइन् । उनले वाङलाई ६–१ र ६–० ले पछि पारिन् ।

अब विलियम्सले पाँचौ बरियताकी इलिना भिटोलिनासँग प्रतिस्पर्धा गर्नेछिन् । उनले बेलायती खेलाडी जाहाना कोन्टालाई हराउँदै सेमिफाइनलमा स्थान बनाउन सफल भएकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित