न्युयाेर्क, १७ भदाै । युएस ओपन टेनिसमा महिला एकल तर्फकी साबिक विजेता नाओमी ओसाका यो वर्ष अन्तिम १६ बाटै बाहिरिएकी छन् ।
अन्तिम १६ को खेलमा बेलिन्डा बेन्सिचसँग पराजित भएर ओसाका प्रतियोगिताबाट बाहिरिएकी हुन्। स्वीट्जरल्याण्डकी बेलिन्डाले जापानकी ओसाकालाई ७–५ र ६–४ को सेटमा पराजित गरेकी हुन्।
२१ वर्षकी ओसाकाले बरियतामा विश्व नम्बर एक को स्थान पनि गुमाएकी छन् । उनलाई पछि पार्दै अस्ट्रेलियाकी एश्ली बार्टी शीर्ष बरियतामा आएकी छन् ।
ओसाकालाई पराजित गरेकी १३ औँ बरियताकी बेन्सिचले क्वाटरफाइनलमा डोन्ना वेकिकसँग प्रतिस्पर्धा गर्ने छिन् ।















प्रतिक्रिया