३० आश्विन २०८३, शुक्रबार

नासामा अध्यक्षका तीन उम्मेदवारहरू सल्लाहकारमा नियुक्ति

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

डिसी । दक्षिणपूर्बी अमेरिकी राज्यहरूमा बसोबास गर्ने नेपालीहरूको साझा क्षेत्रीय संगठन नासाको सम्पन्न निर्वाचनबाट नयाँ कार्यकारी समितिको गठन भएको छ ।

नासा  (नेप्लिज एसोसिएसन इन साउथईस्ट अमेरिका)को नयाँ कार्यसमितिका निर्वाचित पदाधिकारीहरुले पदावधि २०१९(२१ सम्म रहने छ ।

दुई बर्ष अवधिको लागि निर्वाचन गत सेप्टेम्बर १, २०१९ आईतबारका दिन सम्पन्न भएको थियो ।

नासा र अन्माको १५ औं संयूक्त सम्मेलन नर्थ क्यारोलिना राज्यको सुन्दर शहर विन्सटन (सेलममा भएको मतदानबाट अध्यक्षमा बिनय अर्याल, नर्थ क्यारोलिना तथा बरिष्ठ उपाध्यक्षमा अम्बिका लोहनी शर्मा जर्जिया निर्वाचित भएका छन् ।

यसै गरि उपाध्यक्षमा बिशाल भारती, नर्थ क्यारोलिना, महासचिवमा कृष्ण श्रेष्ठ, फ़्लोरिडा तथा सह सचिबमा रमा घिमिरे, जर्जीया तीनै जना निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्ष पदमानर्थ क्यारोलिनाका डा निर्मल पौडेल निर्वाचित भएका छन ।

कार्यकारिणी समितिका सदस्यहरूमा बन्दना खड्का, नर्थ क्यारोलिना, सावित्री रानाभाट, नर्थ क्यारोलिना, भीमप्रसाद तिमिल्सिना, नर्थ क्यारोलिना चेत भट्टाराई, नर्थ क्यारोलिना, दीपक रानाभाट, नर्थ क्यारोलिना, सीके पराजुली, जर्जीया, प्रल्हाद शाह, नर्थ क्यारोलिना, सुदर्शन गैरे, नर्थ क्यारोलिना, मनोज कुमार राई, नर्थ क्यारोलिना, नरेन्द्र बराल, साउथ क्यारोलिना, आमोद देबकोटा, साउथ क्यारोलिना, भीष्मराज अर्याल, भर्जिनिया, डा सुमन सिलबाल, कृष्ण देबकोटा, जर्जीया तथा सुशील पौडेल टेन्नसी बिजयी भएका छन् ।

प्रमुख निर्वाचन आयुक्त ज्ञानेन्द्र गदालले छापा बिज्ञप्ति मार्फत उक्त कुरा जानकारी गराएका हुन् । नवनिर्वाचित अध्यक्ष बिनय अर्यालले बिजयी भाषण दिने क्रममा अध्यक्ष पदका प्रत्याशी तीनै जना क्रमस डा ठाकुर कार्की,शिव बिष्ट तथा पशुपति न्यौपानेलाई सल्लाहकारमा मनोनित गरेका छन् ।

सार्वजनिक रुपमा उनले घोषणा गरे पछि तिनै जनाले उक्त प्रस्तावलाई स्वीकार गरि तिनै जनाले शुभकामना मन्तब्य राखेका थिए । लगत्तै बसेको प्रथम कार्यकारी समितिको बैठकबाट धन्यवाद ज्ञापन तथा सल्लाहकारहरु नियुक्त गरेको बारे पारित समेत भएको छ ।