शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

नासाको अध्यक्षमा बिनय अर्याल बिजयी 

दैनिक नेपाल २०७६ भदौ १६ गते १८:२२

सेप्टेम्बर, २ डिसी । अमेरिकाको दक्षिण पूर्वी राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा)को अध्यक्ष पदमा बिनय अर्याल बिजयी भएका छन् ।

अर्यालले अध्यक्ष पदको लागि चुनावी मैदानमा उत्रिएका उम्मेद्वारहरु क्रमस डा. ठाकुर कार्की (विद्या वारिधि ), शिव बिष्ट तथा पशुपति न्यौपानेलाई हराउँदै आगामी २०१९ -२०२१ को लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

निर्वाचन अगाडी अर्यालले नेपाली समुदायमा रहेका आफ्ना शुभचिन्तक, बुद्धिजीवी, बिभिन्न पेशामा संलग्न व्यक्तिहरु, पूर्वअध्यक्षहरु, विभिन्न संघ/ संस्थाहरुका पदाधिकारी, साथीभाईहरुको सरसल्लाह अनुसार अध्यक्ष पदमा उम्मेदारी दिएको बताएका थिए ।

कुरा र गफमा हैन कर्ममा विश्वास गरौँ, बोलेको कुरा गरेर देखाऊ भन्ने नारासहित उनले उम्मेदवारी दिएका थिए ।  नासाका वर्तमान कार्यकारी समिति सदस्य समेत रहेका अर्याल आगामी २०१९-२०२१ का लागि अध्यक्ष पदमा दुई बर्ष काम गर्ने छन् ।

अर्यालले आफ्नो मुख्य कार्यसूची भनेको क्षमता भएका व्यक्तिहरुलाई अमेरिकाको मूलधारमा राजनैतिक, आर्थिक र सामाजिक रुपमा नेपालीहरुलाई सहभागी गराउने उद्धेश्यका साथ आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका थिए ।

अर्यालले नेपाली समुदायलाई अमेरिकी समुदायसंग समन्वय गरि नेपालीहरुलाई अगाडी बढाउन विविध समन्वयात्मक कार्यक्रमहरु संचालन गर्ने र विगतमा नासामा रहेर योगदान गरिसकेका सम्पूर्ण अग्रजहरुलाई सम्मान गर्दै नयाँ पिढीलाई उत्साहित बनाई नासा मार्फत सामाजिक कार्यमा सहभागी गराउन कार्यक्रमहरु संचालन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

अध्यक्षमा बिजयी भएका अर्यालले हरेक नेपाली परिवार भित्र रहेको पहिलो पुस्ता र दोश्रो पुस्ताको बीचको अन्तरलाई कम गर्न समन्यव गरि पहिलो पुस्तालाई नेपालीहरुको कला, संस्कृति र सामाजिक अभियानमा सहभागी गराउन विशेष कार्यक्रम नासा मार्फत अन्य नेपाली स्थानीय संस्थाहरूसग समन्वय गरि संचालन गर्ने प्रतिबद्धता गरेका छन् ।

अर्याल नर्थ क्यारोलाइनाको डेमोक्रेटिक पार्टीको गिलफर्ड काउन्टीका प्रिसिङ्गट् अध्यक्षमा निर्वाचित भै काम गरि रहेका छन् । नेपाल चितवन घर भै हाल नर्थ क्यारोलाइनामा बसोबास गर्छन ।

अर्याल अमेरिकाको एएनए, एएनएस ,एनएससिआइ, लगाएत विभिन्न संघ/ संस्था संग आबद्ध पनि रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित